AP4TNW United Nations Building with flags in New York City, New Yor

संयुक्त राष्ट्रसङ्घ ७ साउन/सिन्हवा

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमवार इराकको राजधानी बगदादमा भएको हमलाको निन्दा गरेको छ । बुधवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सो हमलाको निन्दा गरेको बताइएको छ ।

इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौं नागरिकको ज्यान गएको थियो । राजधानी बगदादमा सोमवार भएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो । हमलामा अरू ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउँसो भएको सो हमलामा परी यहाँका निर्दाेष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले बुधवार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यहरूले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

उक्त हलमाका जिम्मेवारहरूलाई कानूनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाई गर्न पनि उनीहरूले माग गरेका छन् । सोमवारको सो हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here