प्रस, वीरगंज, ५ साउन/

वीरगंज साइक्लिङ क्लब र एनवाइइएफ वीरगंजको संयुक्त आयोजनामा पहिलोपटक कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न भएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरी २५ जनाको सहभागितामा कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न गरिएको वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए । नेपालका विभिन्न स्थानमा कोरा साइक्लिङ यात्रा शुरू भएको छ । नेपालमा सन् २०१० मा एकजना जर्मन नागरिकले काठमाडौंमा यसको सुरुआत गरेका थिए । वीरगंजमा पहिलोपटक घण्टाघरबाट शुरू गरिएको र वीरगंज चिनी कारखाना हुँदै मकालु होटलसम्मको यात्रा पूरा गरिएको अध्यक्ष अग्रवालले बताए ।

कोरा साइक्लिङ यात्रा कार्यक्रममा प्रदेश २ का ट्राफिक प्रमुख हिमालय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख सुमन कार्की, वीरगंज भन्सारका सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बम, व्यवस्थित वीरगंज अभियानका दिलीप कार्की, वीरगंज साइक्लिङ क्लबका अनुप अग्रवाल, सन्दीप बनर्जी, नेहा अग्रवाल, हेमा अग्रवाल, नैन्सी अग्रवाल, ऋतिक अग्रवाल, सालिनी अग्रवाल, सिमरन अग्रवाल, तमन्ना अग्रवाललगायतले सहभागिता जनाएका थिए ।

कोरा साइक्लिङ च्यालेन्जमा १९ जना पुरुष र ६ जना महिला गरी २५ जनाको सहभागिता रहेको अध्यक्ष अग्रवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here