बग्दाद, ५ साउन/सिन्ह्वा
इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले मङ्गलवार जानकारी दिएकोे छ ।
बग्दादको सुबुर्ब जिल्लाको सदर शहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । रासस