नयाँ दिल्ली, ५ साउन/एएनआई
भारतमा कोरोना भाइरसबाट थप ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ । सोमवार थप भएको सङ्क्रमितको यो सङ्ख्या गएको १२५ दिनमा सबैभन्दा कम भएको बताइएको छ ।
भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या चार लाख ६ हजार १३० रहेको अधिकारीले जनाएका छन् ।
पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ३७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ । कोरोना भाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार ४८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ । रासस