नितेश कर्ण, वीरगंज, ५ साउन/

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आव २०७७/७८ मा अघिल्लो आव २०७६/७७ को तुलनामा दोब्बरी जरिवाना सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रनि सुमन कार्कीले अघिल्लो आव २०७६/७७ मा रु १ करोड १९ लाख ६५ हजार ५ सय जरिवाना असुल भएकोमा गत आव २०७७/७८ मा रु २ करोड ६ लाख ५७ हजार ५ सय जरिवाना असुल भएको बताए ।

ट्राफिक प्रहरीले ट्रक, बस, जीप, कार, भ्यान, ट्याक्टर, मोटरसाइकल, टेम्पोलगायत सवारीसाधनबाट जरिवाना असुल भएको जनाएको छ ।

२०७६/७७ मा ६७ वटा सवारी दुर्घटना भएको थियो । यसैगरी, २०७७/७८ मा ११४ वटा सवारी दुर्घटना भएको प्रनि कार्कीले बताए । ती सवारी दुर्घटनामा दुईजना महिला, तीनजना बालबालिकासहित २८ जनाको मृत्यु भएको उनले बताए ।

४७ वटा सवारी दुर्घटनामा पाँचजना महिला, पाँचजना बालबालिका गम्भीर घाइते र १०२ जना सामान्य घाइते भएको प्रनि कार्कीले बताए । ट्रकबाट १५, टिपरबाट ५, बसबाट २, कार–जीपबाट ९, ट्याक्टरबाट १८, टेम्पोबाट १० र मोटरसाइकलबाट १०१ र अन्य सवारीबाट १३ वटा दुर्घटना भएको प्रनि कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here