काबुल , ४ साउन/एएनआई
अफगानिस्तानमा भएको सुरक्षा कारबाईमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरू मारिएका छन् । घटनाका कारण अरू पाँच सयभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।
सुरक्षाकर्मीहरू र तालिबान लडाकूहरूका बीचमा देशका २० भन्दा बढी प्रान्त र शहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समूहले लगातार हिंसात्मक गतिविधिहरू गरिरहेकाले सुरक्षा कारबाई गर्नुपरेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
कतिपय शहर तथा क्षेत्रहरू तालिबान लडाकूहरूको नियन्त्रणमा रहेको दाबी गरिएको छ । तीमध्ये सोर्ख–ए–पर्सा जिल्लाको परवाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरूले आफ्नो नियन्त्रणमा लिएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्माेजलाइ भने लडाकूहरूले फेरि कब्जा गरेको समाचार स्रोतले जनाएको छ ।
अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरूका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकूहरूको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । रासस