प्रस, वीरगंज, ३ साउन/
२ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले निर्धारित भाडाभन्दा बढी भाडा लिएको कसूरमा सातवटा बसलाई कारबाई गर्दै १८३ जना यात्रुको भाडा फिर्ता गराएको छ ।
शनिवार बेलुकी सवारी चेकजाँचको क्रममा गौरबाट काठमाडौं जाने वा.प्र.००१ ख०१९०, गौर–पोखरा ग.१ख ८९६९, सर्लाही–काठमाडौं ना.२ख २७९०, बारा, पिपरपाती–काठमाडौं ना.६ख ५०६७, सिम्रौनगढ–काठमाडौं ना.८ख ४१३, जनकपुर–काठमाडौं ना.६ख ६९६३ र कलैया–पोखरा चल्ने ना.७ख ११११ नम्बरका बसहरूले यात्रुसँग बढी भाडा लिएको पुष्टि भएपछि प्रतिबस ५ हजार रुपियाँ जरिवाना गरिएको र सातवटा बसका १८३ जना यात्रुको १ लाख २४ हजार २ सय रुपियाँ फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।