मुम्बई, ३ साउन/पिटिआई

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरूमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेलसेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारFैं मानिस अलपत्र परेको पाइएको छ ।

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतवार दिउँसो १ बजे घटना भएको हो । घटनामा परी अरू सातजना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here