प्रस, रौतहट, १ साउन/

रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति एकजना दलित महिला जबरजस्ती करणीको शिकार भएकी छन् ।

देवाही गोनाही नपा–१ बस्ने ३० वर्षीया विवाहित महिला जबरजस्ती करणीको शिकार भएको इलाका प्रहरी कार्यालय, देवाही गोनाहीका प्रमुख राजन लम्सालले बताए ।

बिहीवार मध्यरातमा स्थानीय ४० वर्षीय राकेशराउत कुर्मीले ती महिलालाई जबरजस्ती गरेको आरोप छ । महिला घरमा सुतिरहेको बेलामा कुर्मी प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको बताइएको छ ।

महिलाले सो क्रममा गुहार मागेपछि कुर्मी फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित कुर्मीको खोजी भइरहेको र महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here