प्रस, वीरगंज, १ साउन/
लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
काभ्रे साँगा नगरपालिका–१३ का ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका–१० बस्ने २७ वर्षीय सविन हुमागाईंलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
बिहीवार वीरगंज–१६ रजतजयन्ती चोकबाट उनीहरूलाई चेकजाँचको क्रममा पक्राउ गरिएको र उनीहरूको साथबाट नुर्फिन १५० एम्पुल, डाइजेपाम १४८ एम्पुल र फेनारगन १५० गरी जम्मा ४४८ एम्पुल तथा नाइट्रोभ्याट ६ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
दुवैजनाविरुद्ध लागूऔषधसम्बन्धी कसूर मुद्दामा अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।