बाल्टिमोर, मेरील्यान्ड, १ साउन /एएफपी
विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२, ब्रजीलमा ११ करोड ४१ लाख ५७ हजार १२५, बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५, जर्मनीमा ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१, इटालीमा पाँच करोड ९९ लाख ६६ हजार ९०८, टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ र जापानमा ६ करोड ५१ लाख ८० हजार १७८ डोज खोप लगाइएको छ ।
कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख ६६ हजार नाघ्यो
बेइजिङ/सिन्ह्वा
कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख ६६ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभर ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ । विश्वभरि कुल सङ्क्रमितको सङ्ख्या १८ करोड ८९ लाख २५ हजार २२३ छ । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।