प्रस, ठोरी, ३१ असार/

ठोरी गाउँपालिकाले शहीद तथा बेपत्ता परिवारलाई आर्थिक सहयोग गरेको छ । ठोरी गापाको चौथो गाउँँसभाबाट माओवादी जनयुद्धका क्रममा शहीद भएका ठोरीका शहीद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम गापाले प्रतिपरिवार जनही रु १ लाखका दरले आर्थिक सहयोग गरेको हो ।

बिहीवार गाउँपालिका कार्यालय घ्याङडाँडामा अध्यक्ष पद्मलाल श्रेष्ठले रु १ लाखको चेक हस्तान्तरण गरेका हुन् । उनले शहीद हीरा श्रेष्ठकी पत्नी अन्जना श्रेष्ठ, शहीद कुन्दा पाख्रिनका भाइ वीरबहादुर पाख्रिन र शहीद वीर बहादुर पाख्रिनकी आमा माइली तामाङलाई जनही रु १/१ लाखको चेक हस्तान्तरण गरे ।

शहीद वसन्त भण्डारीकी पत्नी मैना भण्डारी र शहीद हीरा सापकोटाकी आमा जसोदा सापकोटालाई पनि सहयोग उपलब्ध गराइएको थियो । अध्यक्ष श्रेष्ठले जनयुद्धले मुलुकमा ठूलो परिवर्तन ल्याएकोले बलिदान दिने शहीदहरूको सम्मानमा सहयोग गरिएको बताए ।

कार्यक्रममा सहकारी सङ्घ ठोरीका अध्यक्ष अष्टबहादुर लोप्चन, गापाका शिक्षा संयोजक भुपालकुमार जोशी लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here