प्रस, वीरगंज, ३० असार/
संयुक्त विद्यार्थी समूह, पर्साले पेट्रोलियम पदार्थ मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ । नेपाल आयल निगम शाखा कार्यालय, वीरगंजमा विद्यार्थी समूहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै धर्ना, प्रदर्शन गरेका थिए ।
सरकारले इन्धनको मूल्यवृद्धि गर्दै आएकोमा आम उपभोक्ताको ढाड सेकिएको भन्दै विद्यार्थी समूहले मूल्यवृद्धिको माग फिर्ता गर्नुपर्ने माग गरेका हुन् ।
हालै सरकारले इन्धन मूल्यवृद्धि गर्दा पेट्रोल प्रतिलिटर १२९, डिजेल ११२ र ग्यासमा रु २५ बढाएपछि ग्यास प्रतिसिलिन्डरको १४०५ पुगेको छ ।