प्रस, वीरगंज, ३० असार

पर्सा जिल्लाका सञ्चारकर्मीहरूले दोस्रो मात्राको भेरोसिल खोप बुधवार लगाएका छन् । नगवा स्वास्थ्य केन्द्रमा आज सञ्चारकर्मीले दोस्रो मात्राको भेरोसिल खोप लिएका हुन् ।

यसअघि असार १ गते नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा ८७ जना सञ्चारकर्मीले भेरोसिल खोप लगाएका थिए ।

पर्सा जिल्लाका पत्रकारहरूले पहिलो चरणमा कोभिशिल्ड खोप नारायणी अस्पतालमा लगाएका थिए र छुट भएका सञ्चारकर्मीहरूले भेरोसिल खोप लगाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here