इस्लामाबाद, ३० असार/सिन्ह्वा

पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधवार भएको बम विस्फोटमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरू ३९ जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनुया प्रान्तमा बसमा हमला गरिएको हो । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौजनाको ज्यान लिएको बताइएको छ ।

सो बसमा रहेका अरू ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरू लिएर हिंडेको सो बसमा अज्ञात बन्दुकधारीहरूले हमला गरेका थिए । बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए ।

बसमा रहेका अरू घाइते यात्रीहरूमध्ये अधिकांश गम्भीररूपमा घाइते भएका छन् । उनीहरूलाई नजीकैको अस्पतालमा लगिएको बताइएको छ ।

यहाँका सुरक्षाकर्मीहरूले उनीहरूलाई अस्पतालसम्म पु¥याएका थिए । उनीहरू उद्धारको काममा खटिरहेका बताइएको छ ।

यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीहरूले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here