प्रस, वीरगंज, २९ असार/

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घका विद्यार्थीहरूले वीरगंजमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशको पुतला दहन गरेका छन् ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा सर्वोच्च अदालतले सोमवार परमादेश जारी गरेको विरोधमा युवा सङ्घले हिजो र आज प्रदर्शन गरेको हो ।

आज गीता मन्दिर सडकबाट जुलुस निकाली आदर्शनगर चोकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुतला दहन गरेको हो ।

सो क्रममा प्रहरीले विद्यार्थीहरूलाई पुतला दहन गर्न रोक लगाएको थियो । प्रहरीले रोक लगाउने र विद्यार्थीहरूले जलाउन खोज्ने क्रममा केहीबेर झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here