नितेश कर्ण, वीरगंज, २९ असार/

पर्सा जिल्लामा हाल कुल २३ जना सक्रिय सङ्क्रमित मात्र रहेका तर वीरगंजका अस्पतालमा सङ्क्रमित नभएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।

असार २८ गतेसम्मको तथ्याङ्क अनुसार हाल २३ जना सक्रिय सङ्क्रमित रहेका र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य भएको उनले बताए । सक्रिय २३ जना सङ्क्रमित होम आइसोलेशनमा छन् ।

यसैगरी, पहिलो कोरोनाकालमा पर्सा जिल्लाका ५५ जना र अन्य जिल्लाका ३१ जना गरी ८६ जनाको मृत्यु भएको र दोस्रो कोरोनाकालमा पर्सा जिल्लाका १४० जना तथा अन्य जिल्लाका २०१ जना गरी ३४१ जनाको मृत्यु भएको सप्रजिअ पौडेलले बताए ।

पहिलो चरणमा ३ हजार १८४ जना सङ्क्रमित पुष्टि भएका थिए भने दोस्रो चरणमा ३ हजार ४४३ जना सङ्क्रमित पुष्टि भएको उनले बताए ।

पहिलो चरणमा ३१ हजार १५९ जनाको पिसिआर परीक्ष्Fण गरिएको थियो भने दोस्रो चरणमा १२ हजार ९९५ जनाको पिसिआर र ४ हजार १०४ जनाको एन्टिजेन परीक्षण गरिएको उनले जानकारी गराए । एन्टिजेनबाट दोस्रो चरणमा ५२६ जना सङ्क्रमित पुष्टि भएका थिए ।

यसैगरी, पर्सा जिल्लामा पहिलो चरणको खोप ५ हजार ६१ जना र दोस्रो चरणको खोप ४ हजार ५४० जनाले लगाएको सप्रजिअ पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here