नानजिन, २९ असार/सिन्ह्वा
चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किंदा त्यसमा रहेका आठजना नागरिकको ज्यान गएको छ ।
सो भवन सोमवार अपराह्न भत्किएको थियो । त्यसमा परेर आठजनाको मृत्यु भएको छ भने अरू नौजना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरूले मङ्गलवार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।
सोमवार अपराह्न सो भवन भत्किंदा त्यसमा रहेका करीब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठजनाको निधन भएको छ भने अरू नौजना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरूको सकुशल उद्धार गरी निकालिएको थियो ।
त्यसमा च्यापिएकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरूले काम गरिरहेका छन् । त्यसैगरी, सो भवन के कति कारणले भत्किएको हो भन्नेबारेमा अनुसन्धान शुरू भएको पनि प्रहरीले जानकारी दिएको छ ।
उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्नेबारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस