प्रस, वीरगंज, २९ असार/

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ को अद्र्धवार्षिक पूर्वसमीक्ष्Fा गोष्ठी वीरगंजमा सम्पन्न भएको छ ।

गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले पर्सा जिल्लाको अद्र्धवार्षिक मानव अधिकारसम्बन्धी प्रतिवेदन पेश गरेका थिए । उनले ७ देखि १८ वर्ष उमेर महिलामाथि जबरजस्ती करणीका १८ वटा घटना भएको, जबरजस्ती करणी उद्योग ४, कर्तव्य ज्यान २५, ज्यानसम्बन्धी कसूर २, बालविवाह २, अप्राकृतिक मैथुन १, गर्भसंरक्षण सम्बन्धको कसूर १, बोक्सी आरोप १, मानव बेचबिखन १, मेडिकलसम्बन्धीको कुटपिट घटना १ र बाल यौन दुव्र्यवहारको १ गरी कुल ६७ वटा घटना भएको जानकारी गराएका थिए ।

मानव अधिकार निगरानी समूह, पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबू शेख, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, शाखा अध्यक्ष अनुप तिवारी, एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here