प्रस, परवानीपुर, २८ असार/

जिल्ला प्रहरी कार्यालय, बाराले किर्ते सवारी पास बनाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१७ बस्ने वर्ष २१ का जयनारायणप्रसाद जैसवाल र वडा नं ३ बस्ने वर्ष ३० का गोपालप्रसादलाई प्रहरीले पक्राउ गरेको हो ।

जैसवाल ना.१ज ७२८८ नम्बरको गाडीका चालक हुन् भने साह कलैया–४ मा सञ्चालित दाइभाइ फोटो स्टुडियोका सञ्चालक हुन् । जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए ।

गत शनिवार काठमाडौं जाँदै गर्दा पथलैया प्रहरीले चेकजाँच गरेको र जैसवालले चलाएको गाडी ना.१ज ७२८८ नम्बरको गाडीको पास नक्कली भएको फेला परेपछि पास बनाउने पसलका सञ्चालकलाई समेत हिरासतमा लिइएको थियो । प्रहरीले पसलबाट दुर्ई थान प्रिन्टर, सिपियू, मोनिटर तथा थप तीनवटा नक्कली सवारी पास बरामद गरेको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here