प्रस, वीरगंज, २८ असार/
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्सासहितको टोलीले वीरगंजका पाँचवटा पसललाई उपभोक्ता संरक्षण ऐनविपरीत काम गरेको कसूरमा दण्डित गरेको छ ।
कार्यालयका निमित्त प्रमुख जीतबहादुर भण्डारी नेतृत्वको टोलीले वीरगंज–११ मीनाबजारस्थित कमल स्टोर, आयुष गल्ला किरानापसल, न्यू अमित किराना स्टोर्स, राहुल एन्ड नवीन किराना र कन्हैया किरानालाई जनही रु २० हजार जरिवाना गरेको हो ।
जरिवाना गरिएका पसलमध्ये कमल स्टोरले अनुगमनमा असहयोग गरेको र अन्य चारजनाले खरीद बिल नदेखाएको कसूरमा जरिवाना गरिएको निमित्त प्रमुख भण्डारीले बताए । भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, कन्जुमर आई नेपाल, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सम्मिलित टोलीले बजारको अनुगमन गरेको हो ।