Virus treatment concept vector flat illustration. Doctors in full hazmat suits providing medical help in hospital ICU room to patient suffering severe acute respiratory corona virus disease COVID-19.

साओ पाओलो, २८ असार/सिन्ह्वा

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरूको अग्रस्थानमा रहेको ब्रजीलमा २४ घण्टामा कोभिड–१९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचार अनुसार ब्रजीलमा आइतवार त्यसको २४ घण्टाअघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो ।

यहाँ यो सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी, यहाँ कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करीब २१ हजारजना रहेको छ । योसमेत गरी ब्रजीलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या १ करोड ९० लाखभन्दा बढी रहेको ब्रजीलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्रजीलमा दुई महीनाअघि कोभिडका सङ्क्रमितहरू घटेको भएपनि अहिले अर्थात् पछिल्ला केही महीनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ । यहाँको सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरूलाई खोप दिने कामलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरेको छ ।

ब्रजीलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here