प्रस, जनकपुरधाम, २७ असार/

विद्यालयस्तरमा मातृभाषा पठनपाठन गराउनुपर्ने माग गर्दै मैथिली साहित्यकार सभाले शिक्षा विकास तथा समन्वय एकाइ धनुषामा ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीलाई सभाका सभापाल प्रेम विदेह ललनको नेतृत्वमा पुगेको तीन सदस्यीय टोलीले आइतवार ज्ञापनपत्र बुझाएको हो ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रममा उल्लिखित भए अनुसार आधारभूत तहमा मातृभाषा/स्थानीय विषय (मैथिलीभाषी क्षेत्रमा मैथिली विषय) पठनपाठनका लागि सम्पूर्ण पालिका तथा विद्यालयहरूलाई परिपत्र पठाउन सभाले माग गरेको छ ।

यस शैक्षिक सत्रमा पाठ्यक्रमविपरीत पठनपाठन गराउने पालिका तथा विद्यालयविरुद्ध कडा सङ्घर्ष गर्ने ज्ञापनपत्रमार्फत सभाले चेतावनी पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here