काठमाडौं, २७ असार/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली फूटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेशन्स कप’को उपाधि विजेता राष्ट्रिय फूटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फूटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले साफ फूटबलको तयारी थाल्न अखिल नेपाल फूटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई निर्देशन दिए । आयोजक राष्ट्र बड्डलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएको सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे । “हामी साफ आयोजना गर्न सक्छौं, मनोबल उच्च बनाउनुस्,” उनले भने ।
गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेशन्स कप’को फाइनल खेलको दशरथ रड्डशालामा प्रत्यक्षरूपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भएपनि मनोबल उच्च भएकाले नेपाली टोलीले बड्डलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यति बेलै आशावादी भएको बताए ।
नेपाली टोलीले अनुशासितरूपमा फाइनल खेल खेलेको जनाउँदै उनले खेलमा अनुशासन अत्यावश्यक भएको बताए । “टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ,” प्रधानमन्त्री ओलीले भने । देशको विकास हुनका लागि खेलकूदको मात्र नभई चौतर्फी विकास आवश्यक भएको उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाइ सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा युवा मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्रालयले गरिरहेका विभिन्न गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उपाधि विजेता फूटबल टोलीका लागि रु एक करोड निकासा गरिएको बताए । सम्मानितका तर्पmबाट नेपाली राष्ट्रिय फूटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरू थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने वाचा गरे । “आगामी दिनमा पुरस्कृत र सम्मान गर्न बाध्य पार्नेगरी खेल्छौं,” उनले भने ।
सो अवसरमा चेम्जोङले सरकारले नेपालमै १३औं साफ फूटबल आयोजना गर्न पहल गरे सम्भव हुने तथा नेपाली टोली उपाधि उचाल्ने गरी मैदानमा उत्रिने बताएका थिए । टोलीका खेलाडीलाई सरकारले जनही रु चार लाख तथा प्रशिक्षकलाई जनही रु दुर्ई लाख प्रदान गरेको छ । सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गरेका थिए ।
नेपाल, बड्डलादेश र किर्गिस्तानबीचको ‘थ्री नेशन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बड्डलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । नेपालका लागि संजोक राई र विशाल राईले एकद्मएक गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलोपटक उपाधि जितेको थियो । पुरस्कृत हुनेमा चेम्जोङ, संजोग, विशाल, रञ्जीत धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशङ्कर पासवान, तेज तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनील बल, दर्शन गुरुङ, भरत खवास र दीप कार्की तथा मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकीपर प्रशिक्षक विकास मल्ल रहेका छन् ।
यसअघि साफ यस वर्ष बड्डलादेशमा आयोजना हुने तय थियो । प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भएपनि बड्डलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बड्डलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फूटबल आयोजना गर्न दाबी गरेका छन् ।