प्रस, पोखरिया, २६ असार/

पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ पूर्ण खोप वडा घोषित भएको छ । शनिवार सो गाउँपालिकाले कार्यक्रम आयोजना गरी पूर्ण खोप वडा घोषणा गरेको हो ।

वडा नं ३ को जयमङ्गलापुरमा आयोजित घोषणासभा वडाध्यक्ष विनोदप्रसाद कानुको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मनो कुमार गुप्ताले पालिकाका सबै वडालाई क्रमशः पूर्ण खोप वडा घोषणा गरिने बताए ।

सो अवसरमा वडा नं १ देखि ५ सम्मका अध्यक्ष, कार्यपालिका सदस्य, महिला स्वयंसेवी, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो । खोप अभियान तथा स्वास्थ्य सेवामा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै पालिका अन्तर्गतका स्वास्थ्य चौकी इन्चार्ज पाँचजना र खोप कार्यकर्ता १० जना गरी १५ जनालाई गापा अध्यक्ष गुप्ताले कदरपत्रसहित सम्मान गरेका थिए ।

सो वडामा जन्मेदेखि २३ महीना उमेर समूहका बालबालिका सबैलाई आवश्यक खोपको मात्र पूरा गरी पूर्ण खोप वडा घोषणा गरिएको छिपहरमाई गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज शम्भु साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here