प्रस, वीरगंज, २६ असार

आवर संसारको सहयोग तथा दिव्य युवा क्लब बिरन्चीबर्वा पर्साको समन्वयमा कालिकामाई गाउँपालिका–५ बलुवामा राहत वितरण गरिएको छ । दलित तथा विपन्न ६२ घरधुरीका लागि शनिवार राहत वितरण गरिएको हो ।

राहत सामग्रीमा प्रतिपरिवार सोना मन्सुरी चामल १ बोरा, मसुरो दाल ३ किलो, खानेतेल १ लिटर, सोयाबिन १ किलो, चना १ किलो, नून १ किलो, पीठो ५ किलो, नुहाउने साबुन ३ थान र कपडा धुने साबुन ३ थान रहेको दिव्य युवा क्लब, पर्साका अध्यक्ष देवनाथ ठाकुरले जानकारी गराए ।

कार्यक्रममा क्लबका सचिव जयनारायणप्रसाद कुर्मी, कार्यसमिति सदस्य सोनालाल राउत कुर्मी, कार्यकारी निर्देशक रामाकान्तप्रसाद कुर्मी, आवर संसारका सुगम दाहाल, स्थानीय अगुवा रामायण मुखिया बिनलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here