नयाँ दिल्ली, भारत, २५ असार/एएनआई

बेल्जियमले भारतको सेरम इन्स्टिच्युट (एसआइआई)द्वारा निर्मित तथा अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड–१८ विरुद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रवार जानकारी गराएको छ ।

अस्ट्रोजेनिकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ । बेल्जियमको यो निर्णय खोपको प्रभावकारितामाथि प्रश्न उठाइरहेका कतिपय एशियाली मुलुकका लागि पनि खोप चयनको महŒवपूर्ण आधार बनेको छ ।

भारतस्थित बेल्जियमको राजदूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी सन्देशमा भनेको छ, “यो निर्णय खोप असमान वितरणका कारण कोभिड–१९ विरुद्धको अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशको लागि महत्वपुर्ण हुनेछ ।”

यस हप्ताको शुरूमा नेदरल्यान्ड्सले यात्रीहरूको लागि कोभिशिल्ड खोपलाई अनुमोदन गरेको थियो । यसैबीच, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र सात ईयू देशहरूले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोर्ड–अस्ट्राजेनिकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए । भारतका परराष्ट्र मामिला मन्त्री एस जयशङ्करले युरोपेली समूह राष्ट्रहरूलाई कोभिड–१९ खोप प्रयोगका लागि अनुमति दिन पत्राचार गरेको एक दिनपछि खोपले मान्यता पाएको हो ।

विश्वसनीय स्रोतहरूका अनुसार अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रीस, आइसल्यान्ड, आयरल्यान्ड, इस्टोनिया र स्पेनले कोभिशिल्डलाई यात्रा प्रवेशका लागि स्वीकारेको पुष्टि गरेका छन् । कोभिशिल्डलाई स्केन्जेन राज्य स्वीट्जरल्यान्डले पनि अनुमति दिइसकेको छ ।

भारत सरकारले इस्टोनियाको यात्राका लागि आधिकारिक सबै खोपलाई मान्यता दिन यो निश्चित गरेको भारतीय अधिकारीले बताएका छन् । कोभिशिल्ड र कोभ्याक्सिन लिने व्यक्तिलाई छुट दिन विचार गर्न भारतले ईयूका सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको थियो । ईयू डिजिटल कोभिड सर्टिफिकेटको मान्यताका लागि यसले पारस्परिक नीति स्थापना गर्ने बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here