प्रस, परवानीपुर, २५ असार

बेमौसमी तरकारीखेतीका लागि निर्माण गरिने पोलीहाउस शीर्षकको रु २४ लाख बजेट पर्सामा फ्रिज भएको छ । प्रदेश सरकारको बजेटमा कृषि ज्ञान केन्द्र पर्साले दिएको योजनामा बजेट फ्रिज भएको हो । असार २४ गतेसम्म सो काम गर्न नसकेपछि बजेट फ्रिज भएको बताइएको छ ।

चालू आवमा कृषि ज्ञान केन्द्रले वीरगंज महानगर–३१ बेलवाका नवलकिशोर झा, जगरनाथपुर गापा–३ का अभय यादव र तराई एकीकृत कृषि तथा पशुपालन धोबिनी गापा–५ पर्सालाई रु ८र८ लाखको योजना वितरण गरेको थियो । तर किसानले तोकिएको असार २४ गतेसम्म काम सम्पन्न गर्न नसक्दा सो रकमको भुक्तानी नभएको र रकम फ्रिज भएको हो ।

कृषि ज्ञान केन्द्र पर्सा बागवानी विभाग प्रमुख श्यामकिशोर कुर्मीले असारमसान्तभित्र काम सम्पन्न नभएकोले भुक्तानी नगरिएको बताए । तर किसान झाले भने योजनाको काम सम्पन्न गरी कार्य सम्पन्न गर्न २०७७ फागुन २५ गतेको पत्र आफूले २०७८ असार १३ गते मात्र पाएको बताए ।

उनले हुलाकमार्फत पठाइएको उक्त पत्र तीन महीनापछि आफूले पाएको र हतारहतारमा कार्य सम्पन्न गर्न खोज्दासमेत नभ्याएको बताए । उनले यो कार्यको लागि आफूले रु तीन लाख ऋण लिएको र भुक्तानी रोकिएपछि समस्यामा परेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here