प्रस, रक्सौल, २५ असार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा रक्सौलमा काङ्गे्रस नेता, कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । काङ्ग्रेस नेता रामबाबू यादव र प्रखण्ड काङ्ग्रेस अध्यक्ष बृजभूषण पाण्डेको अगुवाइमा लक्ष्मीपुरबाट विरोध जुलुस निकालिएको थियो ।

काङ्ग्रेस नेताद्वयले भारतीय जनता पार्टीको सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो हात नभएको सफाइ दिनु न्यायोचित नभएको तर्क गरे । काङ्ग्रेस सरकारको बेला यही विषय सरकारको हुने अहिले नहुने कसरी भनी प्रश्न गरे । उनीहरूले छिमेकी नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी हुनु दुःखद भएको बताए ।

उनीहरूले मोदी सरकारले महँगीलाई बढावा दिएको र कोरोनाकालमा जनता थप प्रताडित भएको बताए । प्रदर्शनमा काङ्ग्रेसका अवधेश यादव, महमद आबिद, हफिजुल्लाह, राजु पाण्डे, रामनारायण भारती, अनिरुद्ध यादव, चन्देश्वर पण्डित लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here