प्रस, वीरगंज, २४ असार/

पाँच विद्यार्थी सङ्गठनले वीरगंजमा बिहीवार प्रतिगमनविरुद्ध प्रदर्शन गरेका छन् । घण्टाघरमा विद्यार्थी सङ्गठनका नेता, कार्यकर्ता सहभागी भएर प्रतिगमनविरुद्ध आज देशव्यापी कार्यक्रम अन्तर्गत सिटी बजाएका थिए ।

यसैगरी, उनीहरूले प्रतिगमन–२ मुर्दाबाद, राष्ट्रपति मुर्दाबाद, प्रधानमन्त्री नो मोर जोक्स जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सिटी र प्लेकार्ड प्रदर्शनपछि आयोजित कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले प्रधानमन्त्रीलाई प्रतिगमन सच्चाउन आग्रह गरे ।

प्रधानमन्त्रीको कदम संविधानविपरीत भएको दाबी गर्दै उनले यस प्रकारको घटना प्रधानमन्त्रीबाट दोहरिनु घातक राजनीतिक सङ्कटको सङ्केत भएको बताए ।

कविराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेताहरू विकेश पटेल, जुबेर आलम, एहसान अन्सारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here