प्रस, वीरगंज, असार २२/
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज प्रालिले पर्साको कालिकामाई गाउँपालिकास्थित अस्थायी कोभिड अस्पताललाई एक थान अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप प्रदान गरेको छ।
सोमवार आयोजित कार्यक्रममा सो प्रालि वीरगंजका प्रबन्धक दीपक महर्जनले कालिकामाई अस्थायी कोभिड अस्पतालका इन्चार्ज निरञ्जनप्रसाद चौरसियालाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका थिए ।
अस्पतालका इन्चार्ज चौरसियाले प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले अस्पतालमा बिरामीको उपचार गर्न ठूलो टेवा पुग्ने भन्दै संस्थालाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, कार्यसमिति सदस्य धर्मेन्द्र चौरसिया, लायन्स क्लब इन्टरनेशनलकी आसमा सिंह यादवलगायतको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् विजय कुशवाहाले जानकारी गराए ।