अहिले वर्षा चरममा छ । यसपालि पूर्व मनसून राम्रो भयो र मनसून पनि समयमैं शुरू भयो । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरूको खुदो पल्ट्यो । बजेटको कमी भएन, सबै ‘देखिने विकास’ गर्न अग्रसर भए । गाउँ–गाउँ, गल्ली–गल्लीमा सडक बने, नाला बने । यो राम्रो कुरा थियो । साधन र स्रोत प्रशस्त छ भने विकास निर्माण हुनैपर्छ । जनताले सुविधा पाउनैपर्छ । पुरातनकालदेखि गाँस–वास–कपासपछि सडकलाई मानिसको पहिलो आवश्यकता मानिएको छ । सडकले मानवीय क्रियाकलापलाई विस्तार दिन्छ, उद्योगधन्दा फस्टाउँछ । उन्नति वा सभ्यताको पहिलो चरण नै सडक हो । तर नेपालमा सडक बनाउने क्रममा प्राकृतिक पानीको बहावबारे सोचिएन । घरहरू अग्ला–अग्ला बनाइए । पानीको बाटो छेकियो । अलिकति पनि पानी पर्दा, सडक अग्लो छ भने पानी घरभित्र पस्छ, होचो छ भने सडकमा पानी जम्छ हिलो हुन्छ । अहिले नेपाल शहरीकरणतर्फ उन्मुख छ । शहरीकरण अनुचित होइन, तर शहर कसरी बसाउने त्यसको मूल तŒवमाथि ध्यान दिइएको छैन ।

हामी तत्कालीन स्वार्थ मात्र सोच्छौं । जनप्रतिनिधिहरूका लागि छिटोभन्दा छिटो विकास निर्माणको काम गरेर पछिको लागि आफ्नो पद सुरक्ष्Fित पार्नुपरेको छ, धन्दाको नाममा अरूहरूलाई जसरी पनि धन कमाउनु छ । क्रसर उद्योगहरूले जथाभावी खोलानालाको दोहन गर्दा कृत्रिम बाढी–भेलको सिर्जना हुन थालेको छ । यसरी हेर्दा बाढीको जोखिम प्राकृतिकभन्दा मानवीय बढी देखिन थालेको छ । बाढी भेल रोक्ने, पानीलाई सोसेर धरतीको गर्भमा पु¥याउने वन, बगैंचाको निरन्तर क्ष्Fय भइरहेको छ । पानीलाई धरतीको गर्भमा पुग्ने सबै बाटो, सबै उपक्रम थुनिदिएपछि बाढी त आउँछ नै । यसपालि बढी वर्षा भयो, थोेरै वर्षा हुँदा पनि अवस्था त यस्तै देखिएको हो । कसैको क्ष्Fणिक उन्मादलाई हामी ‘खहरे खोला’को संज्ञा दिन्छौं । एकैछिनमा भयङ्कर रूप लिएर तर्साउने गरी बग्ने खहरे तुरुन्तै सुक्छ पनि । हाम्रो विकासको गति खहरे खोलाजस्तै छस सोच–समझविनाको । यद्यपि सरकारले कुनै पनि काम गर्दा डिपिआर बनाउने, वातावरणीय मूल्याङ्कन गराउने अनिवार्य शर्त राखेको छ । तर ती सबै दैनिक तालिका बनेर रहेका छन् । ती प्रतिवेदनहरू परिस्थिति अनुकूल तयार हुँदैनन्, व्यक्तिअनुकूल तयार पारिन्छन् ।

मानिस छिटै आत्तिन्छ । ज्ञानविनाको मानिस झन् छिटो आत्तिन्छ । थोरै ज्ञान भएको मानिस सबैभन्दा बढी आत्तिन्छ । हाम्रो समाज थोरै ज्ञानयुक्त छ । जे कुरामा पनि आत्तिन्छ । जाडोमा शीतलहरबाट आत्तिन्छ, गर्मीमा लूबाट आत्तिन्छ र वर्षामा बाढी–भेलबाट आत्तिन्छ । प्रकृतिका विभिन्न रूपलाई स्वाभाविक मानेर, सकभर त्यसको प्रतिकूलता न्यून गर्ने उपाय सोच्दैन । किनकि यी सबै समस्त प्राणीजगत्का लागि आवश्यक तŒव हुन् । हामी शहरलाई फोहर बनाउँछौं, बाढीले फोहर बगायो भनेर दुःखी हुन्छौं । हामीले सडकमा फोहर नफाल्ने हो भने पानी परेपछि त्यो फोहर एक ठाउँमा जम्मा भएर शहरको अनुहार विद्रुप पार्ने थिएन । दायित्वबोध नहुँदा यस्ता समस्या देखिन्छन् । यी समस्या हामी आफैंले उत्पन्न गरेका हौं, यसको परिणाम हामीले नै भोग्नुपर्छ । यसमा गुनासो र आलोचना गर्नुभन्दा भोलि कसरी वर्षालाई सुखमय बनाउन सकिन्छ, प्रकृतिको सबै रूपको कसरी आनन्द लिन सकिन्छ भन्ने सोच विकसित गर्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here