प्रस, वीरगंज, २१ असारर
वीरगंजका बैंकर्सहरूले सामाजिक सुरक्षा कोषको विरोधमा सोमवार वीरगंजमा प्रदर्शन गरेका छन् । वीरगंजका बैंकर्सहरूले आदर्शनगरस्थित पुरानो बसपार्कमा कोषको विरुद्धमा प्रदर्शन गर्दै सरकारको नीतिको विरोध गरे ।
उनीहरूले सामाजिक सुरक्षा कोषमा सञ्चय कोष, औषधोपचार, दान–उपदान अनिवार्यरूपमा यही असार मसान्तसम्म समायोजन गर्ने र त्यसको प्रतिफल सेवानिवृत्त भएको १५ वर्षसम्म मात्र पाउने सरकारी नीति अव्यावहारिक र अमान्य हुने बताए ।
उनीहरूले कोषको स्थापना जे जस्तो उद्देश्यले भएपनि त्यसमा अनिवार्य सहभागिता हटाउनुपर्ने र स्वेच्छिक राख्नुपर्ने माग गरे ।