राजेश केशरीवाल, रक्सौल, २१ असार
रक्सौल नगरपरिषद् भारतको बिहार राज्यको पहिलो पूर्ण खोप नगर निकाय घोषणा भएको राज्य स्वास्थ्यमन्त्री मङ्गल पाण्डेले ट्वीटरमार्फत जानकारी गराएका छन् ।
बिहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित रक्सौल नगरपरिषद्मा कोरोनाविरुद्धको खोप अभियान पूर्णरूपमा सम्पन्न भएको छ । यस अभियान अन्तर्गत नगरपरिषद्स्थित सबै वडा र मोबाइल भ्यानको माध्यमबाट त्यहाँका नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको रक्सौलका विधायक प्रमोद सिन्हाले जानकारी गराए ।
बिहार राज्यमा रक्सौल पहिलो पूर्ण खोप नगरपरिषद् घोषणा भएपछि एसडिओ आरतीले सबै स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई आभार व्यक्त गरेकी थिइन् ।