प्रस, सेढवा, २१ असार/

जीराभवानी गाउँपालिका–२ सेढवाका दलित तथा मुस्लिम परिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण गरिएको छ । गापाले चालू आवमा रु ११ लाख सो कार्यको लागि विनियोजित गरेको र आज १६६ परिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण गरिएको वडाध्यक्ष महादेव महतो थारूले बताए ।

उनले आर्थिक अवस्था कमजोर भएका दलित तथा मुस्लिम परिवारले खाना पकाउनको लागि अहिलेसम्म दाउराको प्रयोग गरिरहेका र उनीहरूकै कारण जङ्गल विनाश भइरहेकाले ग्यास र चुलो उपलब्ध गराएको बताए । दलित परिवारलाई वर्षायाममा जङ्गलमा प्रवेश गरेर दाउरा ल्याउन पनि समस्या भएको छ ।

गापा अध्यक्ष् रामप्रीत महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष् उषादेवी थरुनी, वडासदस्य श्रीकान्ती देवी, नन्दकिशोर साह, शङ्कर पटवारी, कार्यपालिका सदस्य बालेश्वर चौरसियालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here