प्रमोद यादव, पंचगावाँ, २० असार

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ देउरवानामा अस्ति चट्याङ लागेर मृत्यु भएकाको परिवार र घाइते भएकाहरूलाई सखुवाप्रसौनी गापाबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

चट्याङबाट मृत्यु भएका रघुवीर यादवकी पत्नी मीरादेवी यादवलाई नगद ५० हजारको चेक गापा अध्यक्ष प्रदीप जैसवालले हस्तान्तरण गरेका थिए ।

यसैगरी, घाइते रम्भा देवी, मैना देवी, गीता देवी, विशालकुमार गुप्तालाई उपचारार्थ जनही १० हजारको चेक पीडितको घरमा गएर हस्तान्तरण गरिएको गापाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here