काठमाडौं, २० असार रासस

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सभामुखका तर्फबाट बहस शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रवार सरकारी पक्षको बहस सकिएपछि आइतवार समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस शुरू गरेका हुन् ।

सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसका लागि तीन घण्टाको समय तोकिएको छ । अनि अदालतका सहयोगीको पालो आउनेछ । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । सोमवार सम्पूर्ण बहस सकिनेछ ।उक्त विवादमा ३० वटा रिट निवेदन परेका थिए ।

निवेदकका तर्फबाट जवाफी बहस शुरू

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको छ । जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरू गरेका छन् । प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरूले जवाफी बहस शुरू गर्नुअघि विभिन्न प्रश्न राखेका थिए ।

उनीहरूले शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्दा नक्कली कागजात पेश भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ रु, १४६ जनाको रिट निवेदनमा पाँचजना मात्र निवेदक थिए भन्ने छ त्यो के हो रु संवैधानिक इजलासमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो रु, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो रु संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो रु जस्ता प्रश्न रहेका छन् । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here