नयाँ दिल्ली, २० असार/एएनआई
भारतमा पछिल्लोपटक कोरोना भाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् ।
लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौंपटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले ९७.०९ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो एक दिनमा देशभरि कुल ५२ हजार २९९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ । पछिल्लो एक हप्तामा भारतमा थप नयाँ सङ्क्रमितहरूको सङ्ख्या २.४४ प्रतिशत रहेको छ भने दैनिक सङ्क्रमितहरूको सङ्ख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।
भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ । रासस