ब्रसेल्स, १९ असार/सिन्ह्वा

युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ।

सङ्घले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रवार सङ्केत गरेको छ। सङ्घको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको छ।

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली सङ्घले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निष्कर्ष निकालेको छ।

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिश गरेको छ।

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here