प्रस, पर्सागढी, १९ असार
शान्ति सद्भाव मेलमिलाप युवा स्रोत विकास केन्द्र वीरगंज–३१ सोलखपुरको आयोजना तथा वडा नं ३१ को सहयोगमा लागूऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम शनिवार सम्पन्न भएको छ। वडाध्यक्ष चुमनदास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्ति सद्भाव मेलमिलाप स्रोत विकास केन्द्रद्वारा गठित समूहका पदाधिकारीहरूको सहभागिता थियो।
वीरगंज महानगरको ३१ नं वडाका विभिन्न टोलमा नौवटा समूह गठन गरिएको केन्द्रले जनाएको छ। उक्त समूहका प्रतिनिधिहरूलाई शनिवार लागूऔषधविरुद्धको जनचेतनामूलक प्रशिक्षण दिइएको थियो। सो अवसरमा लागूऔषध, सामाजिक अवस्था, लागूपदार्थ दुव्र्यसनमा फस्नुका कारण, असर तथा प्रभावहरू, लागूऔषध नियन्त्रण र उपचारको लागि गर्नुपर्ने प्रयास जस्ता विषय कार्यक्रममा सम्पन्न भएको थियो।
सहभागीहरूलाई नारायण चापागाईं, मिथिलेश महतो, अशोक सिंह, रेजा अहमदले प्रशिक्षण दिएका थिए।