प्रस, सेढवा, १९ असार

जीराभवानी गाउँपालिका वडा नं १ पिपराका बाढीपीडितहरूलाई शनिवार दुईवटा संस्थाले राहत सहयोग गरेका छन्। वीरगंज जेसीज र हन्ड्रेड्स ग्रुपले १२ घरपरिवारलाई सहयोग गरेका हुन्।

जेसीजले खाना पकाउन ग्यास र चुलो, सर्फ तथा नुहाउने साबुन सहयोग गरेको छ। त्यसैगरी, हन्ड्रेड्स ग्रुपले प्रतिपरिवार एक बोरा चामल, खानेतेल, चिउरा, त्रिपाल, बाल्टिन, जग, सेनेटरी प्याड वितरण गरेको छ।

राहत वितरण कार्यक्रममा वीरगंज जेसीजका अध्यक्ष रञ्जन राउत, पूर्वअध्यक्ष शेखर चौधरी, महासचिव अजय चौधरी, सदस्य अनोज चौधरी, सामाजिक अभियन्ता प्रकाश थारू, थारू पत्रकार सङ्घ नेपाल पर्साका अध्यक्ष ओमप्रकाश चौधरी, थारू मेलमिलाप परिवारका अध्यक्ष मनोज चौधरी, हन्ड्रेड्स ग्रुपपका अनिल कुमारले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here