प्रस, वीरगंज, १९ असार/
महामारीजन्य रोगको लागि सरोकारवाला निकायसँग रोकथाम तथा नियन्त्रणका लागि अन्तक्र्रिया कार्यक्रम शनिवार सम्पन्न भयो । स्वास्थ्य कार्यालय पर्साद्वारा नारायणी अस्पतालमा आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको सभापतित्वमा भएको थियो ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले गरेका थिए । जिल्लास्थित १४ वटै पालिकाका स्वास्थ्य संयोजकहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, एनजिओसिसीलगायत स्वास्थ्यसम्बन्धी सहयोगकर्ता सङ्घसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रमका सहभागीहरूलाई महामारी रोग नियन्त्रणसम्बन्धी डा उदयनारायण सिंहले प्रशिक्षण दिएका थिए । सो अवसरमा पालिकास्तरमा गठित द्रुत प्रतिकार्य समितिलाई समुदायस्तरमा पु¥याउने र पालिकाहरूको अवस्थाबारे स्वास्थ्य प्रमुखहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए ।