मकवानपुर, १८ असार/रासस

गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ।

भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौंडाबाट जाने र भैंसे हुँदै हेटौंडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी उपरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाइ यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

त्यस्तै, भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक पनि बिहीवारदेखि नै अवरुद्ध छ। भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएको कारण पहिरो हटाउन समस्या भएकोले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए। कान्ति लोकपथ अन्तर्गत पर्ने भीमफेदी–८ गङ्गटेमा पनि पहिरो जाँदा बिहीवारदेखि नै यातायात अवरुद्ध भएको जिप्रकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here