लन्डन, १७ असार/सिन्ह्वा
बेलायतमा गएको जनवरी महीना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधवार भेटिएका बताइएको छ । बेलायतमा पाँच महीनापछि बुधवार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाको सरकारी निकायले सार्वजनिक गरेको तथ्याङ्कमा बुधवार पाँच महीना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।
बुधवार त्यहाँ २६ हजार ६८ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । गएको २४ घण्टामा बुधवार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहाँ योभन्दा पहिले गत जनवरी महीनामा यति धेरै सङ्क्रमित देखिएका थिए । अहिलेसम्म देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधवार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।
अधिकारीहरूले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुँदै गएको पाइएको छ । यहाँ केही महीना अघिदेखि सङ्क्रमितहरू घट्दै गएकोमा पछिल्ला केही हप्तामा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । रासस