प्रस, वीरगंज, १६ असार
नेपाली काङ्ग्रेस कालिकामाई गाउँपालिका समितिका संयोजक राजेन्द्रकुमार कुर्मीको निधन भएको छ। सो पालिकाको मुडली निवासी कुर्मीको ६८ वर्षको उमेरमा उपचारको क्रममा भारतको मुम्बईमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधवार मुर्लीस्थित आफ्नै जमीनमा दाहसंस्कार गरिएको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्साका सदस्य नवीन सिंहले जानकारी गराएका छन्।
स्व कुर्मी तत्कालीन मुडली गाविसको अध्यक्ष् पदमा दुईपटक निर्वाचित भएका थिए। पछिल्लोपटक उनी जनता मावि मुडलीका व्यवस्थापन समितिका अध्यक्षलगायत विभिन्न सामाजिक पदमा रही क्रियाशील थिए। स्व कुर्मीलाई श्रद्धाञ्जलि अर्पण गर्न नेपाली काङ्ग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री अजय द्विवेदी, सुरेन्द्रप्रसाद चौधरी, प्रदेश सांसद शङ्कर चौधरी, पूर्व जिल्ला सचिव वृहस्पतिकृष्ण श्रेष्ठलगायत मुडली पुगेका थिए।
सो पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले विज्ञप्ति प्रकाशित गरी अग्रज नेता कुर्मीको निधनले पार्टी र समाजलाई अपूरणीय क्षति भएको बताए।