काठमाडौं, १६ असार रासस
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतावान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईंले नेतृत्व सम्हाल्नेछन्।” पत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्थाका रूपमा परिचित आइएफआरसीका तत्कालीन महासचिव सईले ३१ जनवरी २०२० मा जेनेभामा आयोजित पद हस्तान्तरण कार्यक्रममा आफ्ना उत्तराधिकारीलाई यसरी परिचित गराएका थिए।
उनले व्यक्त गरेका यी शब्द विश्वका १९२ देश सदस्य रहेको आइएफआरसीको सर्वोच्च पद हाँक्ने प्रथम नेपाली महासचिव चापागाईंले छोटो अवधिमा मानवीय क्षेत्रमा नवीनतम कार्य सम्पादन गरी विश्वसामु आफ्नो विद्वता परिचित गराएका छन्। आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उनलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो। बोर्डमा विश्वका शक्तिशाली २९ देश छन्।
विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय तत्कालीन उपमहासचिव चापागाईंले १ फरवरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनले पदभार सम्हाल्दै गर्दा चीनमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भइरहेको थियो भने सङ्क्रमणले अन्य देशमा बिस्तारै ‘महामारी’को रूप लिंदै थियो। उनले रासससँग भने–ँकोभिड–१९ को सङ्क्रमणको शुरूआती दिनमा मैले विशेष गरी सङ्कटासन्न समुदायलाई सङ्क्रमणबाट जोगाउन, उपचार तथा जीवनरक्षामा ध्यान केन्द्रित गरें। यसका लागि आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना तथा आवश्यक स्वास्थ्य सामग्री सहयोगका कार्यक्रम सञ्चालन भयो। यो अहिले पनि जारी छ। खोपको सफल परीक्षण पछि सबैलाई खोपको सुनिश्चितता गर्न पहल जारी छ। हाम्रा संयन्त्र यसैमा बढी परिचालित छन्।”
आइएफआरसीले आफ्नो कार्यादेश अनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीबीच पनि सहयोग निरन्तर जारी राखेको छ। करीब १८ महीनाको अवधिमा नै उनले मानवीय सेवाका क्षेत्रमा पु–याएको कामले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ।
विश्वका धनी तथा शक्तिशाली देशको सङ्गठन ‘जी सेभन’ को हालै सम्पन्न बैठक पनि खोपमा नै केन्द्रित थियो। बैठकमा सहभागी शीर्ष राजनेताले महासचिव चापागाईंको मानवीय सेवालाई खुलेर प्रशंसा गरेको समाचार सार्वजनिक भएका थिए। सो बैठक आयोजना हुनु पहिलेदेखि आइएफआरसीले ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरूलाई खोप सहयोग गर्न निरन्तर पैरवी गर्दै आएको थियो। महासचिव चापागाईंले भने–ँजी सेभेनले गरीब देशलाई खोप सहयोग गर्ने प्रतिबद्धता जनाउँदा असाध्यै खुशी लागेको छ। अब यसको न्यायोचित वितरण हुनुपर्छ ।” सन् २०२२ सम्म जी सेभेनले लगभग बिलियन डोज खोप प्रदान गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।
एक अध्ययनका अनुसार सो प्रतिबद्धता आवश्यकताभन्दा दश प्रतिशत कम हो। विश्वका सबैभन्दा गरीब ५० देशले दुई प्रतिशत मात्र खोप पाएका छन्। यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोवास गर्दछ। रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाउनुपर्छ। उनले भने–ँकोरोनाविरुद्ध खोप समाजका सबै वर्ग र क्षेत्रमा पुग्नुपर्दछ। सुविधा सम्पन्न वर्ग र क्षेत्रमा मात्र सीमित हुनुहुन्न। निश्चित क्षेत्रका जनसङ्ख्याले खोप पाएन भने महामारी निरन्तर जारी रहन्छ। खोप समानताका साथै यसलाई व्यवस्थित गर्न आवश्यक छ। हामी राष्ट्रहरूबीच र राष्ट्रहरूभित्रै कोभिड–१९ खोपको उत्पादन, वितरण र समतामूलक पहुँच वृद्धि गर्न सबै सम्भावित उपाय मनन गर्न राष्ट्रलाई प्रेरित गर्दछौं।”
उनले सबै वर्ग, क्षेत्र र समुदायसम्म खोप पु–याउने अभियानमा स्वयंसेवी रेडक्रस तथा रेडक्रिसेन्टकर्मीे समुदायका साथ अहोरात्र खटिरहेको जानकारी दिए। उनले भने–ँमहामारीको अन्त्य हुनु भनेको केवल द्रुतत्तर दरमा धेरै खोप प्राप्त हुनु होइन। खोप प्राप्ति र पूर्ण स्वीकृतिका साथ मानिसको पाखुरामा नपुगुन्जेल आवश्यक पूर्वाधार र मानवीय स्रोतका लागि राष्ट्रले सुनिश्चित गर्नु पनि हो। हामीले पहिले धेरै उदाहरण देखेका छौं। खोप प्राप्तकर्ता देशका तयारीमा लगानीको कमी र मात्रामा ढिलाइको प्रावधानका कारण खोप सङ्कटासन्न समूहमा पुग्नुपूर्व नै म्याद सकिसकेको हुन्छ।
समुदाय परिचालनमा धेरै काम गर्नुपर्दछ। अन्यथा खोप लगाउनेमा हुने हिच्किचाहटले कुनै पनि अभियानलाई कमजोर बनाउन सक्छ। खोपको मात्रा प्राप्त भएको राष्ट्रमा हामीले देखेकै कुरा हो–आप्रवासी, सीमान्तकृत वा जातीय अल्पसङ्ख्यकसहित सङ्कटासन्न समुदायको खोपमा समान र सजिलो पहुँच हुन सकेको छैन। समतामूलक खोप नैतिक आवश्यकता हो। सबैजनाले खोप पाउँछन् र सबै ठाउँमा उच्च जोखिमका र सङ्कटासन्न व्यक्तिलाई प्राथमिकता दिइन्छ भन्ने कुरा सुनिश्चित गर्न साझा मानवीय मूल्यमा हामी सबै सँगै आउनुपर्दछ। हामीले कसैलाई पछाडि नछाडी अन्तिम गन्तव्यसम्म पुग्न र कसैलाई छुटाएको छैन भन्ने सुनिश्चित गर्न कडा मेहेनत गरिरहेको छौं ।”
महामारी नियन्त्रण कानून आवश्यक
उनका अनुसार देशहरूबीच, विशेष गरी स्वास्थ्य क्षेत्रमा सहकार्य हुन नसक्दा कोभिड–१९ ले विनाशकारी र क्रुर रूप देखायो। समयमा कोभिडसँग सामूहिक रूपमा जुधेको भए यसले ‘महामारी’को रूप लिन नसक्ने आइएफआरसीको अFकलन छ। आगामी दिनमा यस्तो गल्तीबाट जोगिन ‘अन्तर्देशीय महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी कानून’ तथा घरेलु कानून आवश्यक रहेको उनी औंल्याउँछन्।
आइएफआरसीले महामारी कानूनका लागि विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो सभामा पैरवीसमेत गरेको बताइएको छ। महासचिव चापागाईंले भने–ँमहामारी नियन्त्रण गर्न र सामूहिकरूपमा जुध्न महामारी कानूनले सहयोग गर्छ। एउटा सफल सन्धिले विशेष गरी स्वास्थ्य स्वयंसेवक र अन्यलाई महामारी रोकथाम र पूर्वतयारीमा थप सहयोग गर्छ। साथै घरेलु र अन्तर्राष्ट्रिय लगानीमा प्रोत्साहन र विश्वव्यापी समानतालाई प्रतिबद्धसमेत गर्छ।
परीक्षण, खोप र उपचारको पहुँचसहित महामारीबाट सुरक्षित हुन आप्रवासी र शरणार्थीसहित सबैको अधिकारमा जोड दिन्छ। यसले महामारी पूर्वतयारीका लागि अझ राम्रो र समान राष्ट्रिय तथा क्षेत्रीय ढाँचाको आवश्यकतालाई पनि रेखाङ्कित गर्दछ। महामारी समुदायबाटै शुरू हुन्छ र समुदायमैं अन्त्य हुन्छ। यो कुरालाई इबोला महामारीले पुष्टि गरिसकेको छ।”
आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्Íिमा जुटेका छन्।
महामारीका समयमा लाखौं मानवीय सहायता, जनस्वास्थ्य र रोकथामका उपाय लिई स्वयंसेवक समुदायमा परिचालन भइरहेका उसले जनाएको छ। उनले भने–ँस्वास्थ्य सङ्कटकालमा स्वास्थ्य योजना तयार गर्ने, जानकारी लिने र प्रतिकार्य गर्ने सबै योजना तर्जुमा र कार्यान्वयन प्रयासमा समुदाय केन्द्रमा हुनुपर्दछ। समुदाय नै हो, जसले अन्ततः रोगको विस्तारको अन्त्य गर्नेछ। यसको लागि महामारीले नराम्ररी प्रभाव पार्ने स्थानको जनसङ्ख्याको सहज पहुँच पु–याउन अझ बढी लगानी, प्रशिक्षण, सुरक्षा र सहयोग आवश्यक छ। यो विशेषगरी कमजोर स्वास्थ्य प्रणाली र अपर्याप्त पूर्वाधार भएका देशहरूमा महत्वपूर्ण छ। पूर्वतयारी र रोकथाममा सामान्य लगानीले ठूलो प्रतिफल दिन्छ।”
आइएफआरसीले जलवायु र वातावरण बडापत्र अनुमोदनका लागि पनि जोड दिइरहेको छ। ती दुई क्षेत्रले भविष्यमा मानवीय सङ्कट निम्त्याउने खतरा औंल्याउँदै उसले यसबाट गरीब र सीमान्तकृत समुदायलाई बढी असर पु–याउने जनाएको छ।
नेपाललाई सहयोग जारी छ
कोभिड–१९ को दोस्रो लहरले दक्षिण एशिया बढी प्रभावित बनेको छ। खासगरी नेपाल र भारतमा सङ्क्रमण र मृत्युदर उच्च रह्यो। महासचिव चापागाईंले कोभिडसँग जुधिरहेका नेपाललगायत अन्य देशमा जीवन बचाउन र जोखिममा रहेकालाई पर्याप्त स्वास्थ्य सेवा र खोपको पहुँच पु–याउन सहयोग जारी रहेको जानकारी दिए। उनले भने–ँसङ्क्रमण दर केही क्षेत्रमा स्थिर वा कम हुन सक्छ। यद्यपि अस्पतालमा अझै बिरामी धेरै छन्। यसैले आइएफआरसीले नेपाल र भारतसहित सङ्क्रमण दर उच्च रहेका देशमा रेडक्रस र स्वास्थ्यकर्मीसँग सहकार्य गर्दै जीवन बचाउने अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएको छ।”
नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड–१९ को शुरूआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, माक्स, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, थर्मल गन शव व्यवस्थापनका लागि झोलालगायत सामग्री तथा खोपका लागि समन्वयसमेत गरेको छ।
महासचिव चापागाईंले महामारी सकिन समय लाग्ने जनाउँदै खोपसहित अन्य स्वास्थ्य सामग्री तथा प्रविधिहरू बाँड्न तथा खोपको समतामूलक पहुँचका लागि विश्वमा सामूहिक प्रयास आवश्यक रहेको औंल्याएका छन्। आफ्नो कार्यकालको १८ महीनाको कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने–ँकोभिड–१९ महामारीको शुरूआती चरण अर्थात् १ फरवरी २०२० मा मैले आइएफआरसीको महासचिवको कार्यभार लिएँ। विगत १८ महीनालाई फर्केर हेर्दा अहोरात्र कोभिडबाट सङ्कटासन्न समुदायलाई कसरी बचाउने भन्नेमा मैले समय लगाएँ।
अहिले पनि यो कार्य जारी छ। मानवीय सेवामा तल्लीन हुन पाउँदा गौरव–बोध भएको छ। चुनौतीका पहाडसँग अहोरात्र जुध्न प्रयासरत छु। महामारीमा अन्तर्राष्ट्रियस्तरका व्यक्ति नखटिकन स्थानीय प्रतिकार्य समूहले कसरी काम गर्न सक्छ भन्ने कुरा वास्तवमा नै विश्वव्यापी परीक्षण भएको छ। रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीमा आबद्ध लाखौं स्वयंसेवीले मानवीय सेवा तथा कोभिड–१९ विरुद्ध प्रतिकार्यलाई निरन्तर जारी राखेका छन्।
कोरोनाले हाम्रो आफ्नै अपरेशन पनि गहिरोरूपमा प्रभावित भयो र परीक्षण भयोे। हाम्रो कर्मचारी र स्वयंसेवकले काम गर्ने नयाँ तरीका अनुकूलन गर्नुप–यो। घरबाट, भर्चुअल र एक अर्काबाट टाढा भएर काम सम्पादन भए। रेडक्रसकर्मीको कोभिडबाट असामयिक निधनसमेत भयो। डर र त्रासको सामना गर्दै काम गर्दा कतिले परिवारका सदस्य त कतिले नजीकका साथी गुमाए।”
स्वेच्छा रेडक्रस आन्दोलनको आधारशिला भएको छ। आगामी दिनमा यसको भविष्यलाई कसरी हेर्नुहुन्छ रु भन्ने जिज्ञासामा उनले आफूले नेपाल रेडक्रसको स्वयंसेवकका रूपमा मानवीय सेवा शुरू गरेको बताए। उनले भने–ँअरूलाई कसरी सहयोग गर्नुपर्छ मैले सिकेको छु। स्वेच्छालाई प्रोत्साहन गर्नु आवश्यक छ। रेडक्रस अभियान स्वैच्छिक हो। यसको जगका उभिएका स्वयंसेवकको क्षमता अभिवृद्धि तथा स्वयंसेवक बन्न आकर्षित गर्नु जरूरी छ। यो कार्य हामीले गरिरहेका छौं। समुदाय बलियो भए मात्र विपद् तथा महामारीसँग जुध्न सक्दछन्।”
को हुन् महासचिव चापागाईं
पाँच दशक अघि चितवन दिव्यनगरमा सामान्य परिवारमा महासचिव चापागाईंको जन्म भएको थियो। आठ दाजुभाइ र दुई दिदीबहिनी भएका परिवारमा उनी हुर्किए। उनले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाको यात्रा शुरूआत गरेका थिए।
भारतबाट खानी ९माइनिङ० इन्जिनीयरिङमा स्नातक गरी भुटानी शरणार्थी शिविरबाट आइएफआरसी सेवामा प्रवेश गरे। सन् १९९६ जूनमा ताजकिस्तान र सन् २००३ देखि आइएफआरसी दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाए। सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्ररी प्रभावित पारेको सुनामी तथा सन् २००५ मा पाकिस्ताको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका थिए।
साथै चीनको सिचुवानको भूकम्प, म्यान्मा र बङ्गलादेशको आँधी पीडितलाई सहयोग पु–याउन उनले नै नेतृत्व प्रदान गरे। नेपालमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उनी १४ गते काठमाडौं आई अन्तर्राष्ट्रिय मानवीय सहयोगको समन्वयसमेत गरे। नेपाल रेडक्रसको इतिहासमा पहिलोपटक दातृ सम्मेलन आयोजना गरी पुनःनिर्माण शुरूआतसमेत भएको थियो। आइएफआरसीको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाईमा निर्देशक नियुक्त गरेको थियो। हाल आइएफआरसीको अध्यक्षमा फ्रान्सेस्को रोक्का छन्।
हेनरी ड्युनाले सन् १८६३ मा युद्धका पीडाले छटपटाइरहेकालाई स्वस्फूर्त सेवा प्रदान गर्न रेडक्रस स्थापना गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेको असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ। सात लाखभन्दा बढी कर्मचारी र झन्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करीब एक अर्ब जनसङ्ख्यामा बर्र्सेनि मानवीय सहायता पु–याइरहेको छ।