प्रस, पंचगावाँ, १५ असार/
चट्याङ लागेर पर्सा जिल्लामा तीनजनाको मृत्यु भएको छ।
मड्डलवार बिहान चट्याङ लागेर पटेर्वासुगौली गाउँपालिका–४ देउरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, वडा नं १ गदियानी बस्ने २७ वर्षीय रोशनलाल गद्दी, जीराभवानी गापा–३ बस्ने असतुर्नीदेवी थरुनीको मृत्यु भएको इप्रका पटेर्वासुगौलीका प्रनि रामकाजी थापाले बताए।
चट्याङ लागेर पटेर्वासुगौली गापा–१ का राजबली गद्दी घाइते भएका छन्। उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ।