क्यानबेरा, १५ असार/सिन्ह्वा

अस्ट्रेलियाका चिकित्सकहरूले कोरोना भाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाव दिएका छन् ।

रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसिजिपी)ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना तथा खोप कार्यक्रमबारे सचेतना जगाउन विज्ञापन अनिवार्य र महŒवपूर्ण रहेको बताएको हो ।

“पक्कै पनि आफ्नो दोस्रो मात्राको खोपबारेमा चासो व्यक्त गरिरहेका छन् र स्वीकार गर्ने वा अस्वीकार गर्ने बहस नागरिकबीच हुनु वास्तविक चिन्ताको विषय हो । नागरिकमा खोपबारे जानकारी कम हुन सक्छ । विज्ञको सुझावलाई सचेतनामूलक कार्यक्रमबाट उनीहरूसमक्ष पु-याउनु जरुरी देखिन्छ,” आरएसिजिपीका अध्यक्ष करेन प्राइसले नाइन इन्टरटेन्मेन्ट समाचार संस्थासँग भने ।

“मलाई लाग्छ हामीलाई महामारीले थकाएको छ । हामीले भ्रमलाई सम्बोधन गरेर अघि बढेनौं भने यसबाट जोखिम निम्तिन सक्छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमवार राति अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोप लिन चाहने ४० वर्षमाथिका नागरिकहरूलाई नाम दर्ता गराउन आग्रह गरेका थिए ।

यसपहिले अस्ट्रेलियामा ६० वर्षमाथिका नागरिकलाई अस्ट्राजेनिकाद्वारा विकसित खोप लगाउन सिफारिश गरिएको थियो । प्रधानमन्त्रीको पछिल्लो आग्रहले अस्ट्रेलियाले ४० वर्षमाथिका नागरिकलाई उक्त खोप दिने तयारी थालेको बुझ्न सकिन्छ ।

“यदि हामी अभियान अगाडि बढ्नुअघि आपूर्ति बढ्ने प्रतीक्षा गर्छौं भने यसबीचमा धेरै मानिसलाई खोपबारेको भ्रमलाई चिर्न अनिवार्य हुन्छ ।”

अस्ट्राजेनिकाको खोप प्रयोग गर्दा रगत जम्ने सूचनाहरू आएपछि अस्ट्रेलियाली नागरिकले खोप लिने वा नलिने भन्नेमा बहस चलाएका छन् । रगत जम्ने भनी समाचार आए पनि बिरलै मुद्दाहरूमा खोपको विकृति पाइएपछि सङ्घीय, राज्य र क्षेत्रीय नेताहरूले सोमवार यो खोपबाट आउने समस्यामा क्षतिपूर्ति दिन सहमत भएका हुन् ।

स्वास्थ्य विभागका प्रवक्ताले भने जनचेतना अभियान निरन्तर चलिरहेको जानकारी दिएका छन् । सोमवार दिउँसो प्राप्त तथ्याङ्क अनुसार अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३० हजार ५२८ रहेको छ भने उक्त अवधिमा स्वदेश तथा विदेशबाट आएका क्रमशः २३ र ६ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here