प्रस, वीरगंज, १३ असार/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले आइतवार सातजना सङ्क्रमित थप भएको जनाएको छ। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ८६ जनाको स्वाब परीक्षण गर्दा अस्पतालको प्रयोगशालाले आइतवार साँझ सातजना सङ्क्रमित पुष्टि गरेको बताए।
पर्साका एक, बाराका चार र सर्लाहीका दुई गरी सातजना सङ्क्रमित थपिएको र उनीहरूको उमेर १४ देखि ५३ वर्ष रहेको तथा सिटी भ्यालू २७ देखि ३४ रहेको डा सिंहले बताए।