प्रस, पर्सागढी, १० असार/

पर्सागढी नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख लोकनारायण यादवले नीति तथा कार्यक्रमसहित आव २०७८/७९ को लागि रु ५९ करोड ३३ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए। उनले ‘गौरवशाली पर्सागढी नगरपालिकाको समृद्धि हाम्रो रहर, व्यवसाय कृषि, मानवीय विकास, हरित सुन्दर शहर’ भन्ने नाराका साथ पर्सागढी नगरपालिकाले आगामी बजेटमा सबै क्षेत्रलाई समेटेर काम गर्ने प्रतिबद्धता जाहेर गरे।

कार्यक्रममा उपप्रमुख अर्चना चौधरी, वडाध्यक्षहरूलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण गिरीराज कँडेलले र स्वागत प्रमुख प्रशासकीय अधिकृत भरत यादवले गरेका थिए। नगरसभा उद्घाटन र बन्दसत्र केही वडासदस्यले बहिष्कार गरेका थिए।

उनीहरूले आफूहरूले राखेको माग नगरप्रमुखले सम्बोधन नगरेको भन्दै कार्यक्रम बहिष्कार गरेको बताए।

1 COMMENT

  1. बिगत बर्ष र गतबर्ष गरेको कार्य योजना को स्पष्टीकरण नगरी कन आ.व.78/79 को कार्ययोजना सार्वजनिक गर्न खोज्ने यी नेता लगायत प्रशासकीयहरुलाइ पनि कडा करवाही हुनुपर्छ । किनकि कुनै पनि योजना पेश गर्नु पुर्व त्यहा गएर त्याहाको वास्तविक आवश्यकता बुझ्नु पर्ने हुन्छ ।यो न.पा.७५%भन्दा बढी बाटो कच्ची छ।स्वास्थ ,शिक्षा ,यातायात ,लगायत विभिन्न कुरामा पछाडी छ।मात्र मन्दिर मस्जिद र धर्मशाला बनाएर नगर विकास हुदैन । यस्ता कार्यहरुबाट नेता ज्युहरु घर मात्रै बन्छ र बिरगंज जस्ता सहर हरुमा जग्गा मात्र खरिदारी हुन्छ। यो नगरपालिका मा एउटा पनि कलकारखाना छैन ।यहाँ ९०%जनसंख्या कृषि कार्य गरि आफ्नो जिबिको चलाउछन तर यहाँ का वडाअध्यक्ष ,मेयर ,उप मेयर ले कृषि को लागि केही सेवा सुबिधा दियेका छैनन्् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here